Logo

२१ माघ,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल समृद्ध देश बन्नुपर्ने बताउनुभएको छ ।

सोमवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले नेपाल समृद्ध देश बन्ने आधारहरु धेरै रहेको उल्लेख गरे। उनले नेपाल गौरवपूर्ण खोज‚ अध्ययन, अनुसन्धान गरेका विद्वान पुर्खाहरुको देश भएको उल्लेख गर्दै स्वाधीन र स्वाभिमानी देश भएको बताए।

उनले नेपालको भूगोल उर्वर रहेको र भौगोलिक क्षेत्रको आवश्यक विविधता पनि नेपालसँग रहेको बताए। नेपालले तेल र फलाम खानीहरुको उत्खनन गरिरहेको भन्दै कलंकको रुपमा रहेको गरिबी छिटो हटाउन आवश्यक रहेको उनले बताए।

‘नेपाल एउटा समृद्ध देश हुनुपर्दछ। तीनवटा कारण छन्। एउटा यो गौरवपूर्ण खोज अध्ययन, अनुसन्धान गरेका विद्वान पुर्खाहरुको देश हो। सधैँ स्वाधीन र स्वाभिमानी देश हो। यसकारण यो समृद्ध‚ भूगोल समृद्ध हुनसक्दछ‚’ प्रधानमन्त्री ओलीले भने, ‘हिमाल, पहाड, तालतलैयाहरु सबै छन्। यो मरुभूमि देश होइन, यो उर्वर देश हो। हामी तेलको उत्खनन गर्दै छौँ। हामी फलामको उत्खनन गर्दैछौँ। त्यसकारण यो देश समृद्ध हुनसक्छ।’

प्रधानमन्त्री ओलीले देश बनाउने आफ्नो सपना भनेको समृद्ध नेपाल, सुखी नेपाली रहेको बताए।

 


सम्बन्धित समाचार