Logo

२१ माघ,काठमाडौं। मधेस केन्द्रित दलको मोर्चा बन्दी गर्नेबारेमा छलफल तिब्र भएको छ। नागरिक उन्मुक्ति पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा तराइ मधेस केन्द्रित ८ दलको बैठक जारी छ।

‘मधेश तथा थारु आन्दोलनबाट प्राप्त उपलब्धि र यसको रक्षाका लागि आगामी दिनमा के कस्तो रणनीति बनाएर जाने अनि समान बिचार बाहक आठ दलिय मोर्चाको काम कर्तव्य र अधिकारका साथै भावी योजना सम्बन्धि महत्त्वपूर्ण छलफलकालागि आठ दलबाट कार्यदलका सदस्य र वार्ता टोली संयोजकहरु बसिरहेका छौं,’ एक सदस्य केशव झाले भने।

उनका अनुसार जसपावाट रेणु यादव र इस्तियाक राई , जनमत पार्टीका अब्दुल खान र शरद सिंह यादव, जनता समाजवादी पार्टी नेपालवाट राजकिशोर यादव र मनिष सुमन, नागरिक उन्मुक्ति पार्टीवाट गंगाराम चौधरी र लालविर चौधरी, लोकतान्त्रिक समाजवादी पार्टीवाट सर्बेन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कर्ण, राष्ट्रिय मुक्ति पार्टीवाट रामनरेश राय र केशव झा, जनता प्रगतिशिल पार्टीवाट शिवजी यादव, तमलोपावाट वृषेशचन्द्र लाल र ब्रजकिशोर सिंह रहेका छन्।


सम्बन्धित समाचार