Logo

२१ माघ,काठमाडौँ । नेकपा माओवादी केन्द्रले प्रदेश इन्चार्जको जिम्मेवारी हेरफेर गरेको छ ।

सोमबार बसेको पदाधिकारी बैठकले यस अघिको जिम्मेवारी हेरफेर गर्दै नयाँलाई जिम्मा दिएको हो ।

पछिल्लो कार्यविभाजन अनुसार कोशी प्रदेशको इन्चार्जमा हरिबोल गजुरेल, मधेशको लागि मातृका यादव, बागमतीमा हितमान शाक्य, गण्डकीमा दीनानाथ शर्मा, लुम्बिनीमा चक्रपाणि खनाल, कर्णालीमा कालीबहादुर मल्ल, सुदूरपश्चिममा गिरिराजमणि पोखरेल र विशेष प्रदेशमा जयपुरी घर्तीलाई इन्चार्ज तोकिएको हो ।

माओवादीले प्रवासमा सार्क प्रदेशमा लक्ष्मण पन्त, युरोप र अमेरिका प्रदेशमा राम कार्कीलाई इन्चार्ज तोकेको छ ।
एसिया प्रदेशको इन्चार्जको जिम्मा ओम शर्माले पाएका छन् ।


सम्बन्धित समाचार