Logo

२२ माघ,वीरगञ्ज । बारा प्रहरीले भन्सार छलीका सामान लोड रहेको ट्रक पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुर चोकबाट सामानसहितको ट्रक पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय जीतपुरबाट खटिएको टोलीले वीरगञ्जबाट रुपन्देहीतर्फ जाँदै गरेको लु १ ख ७९६९ नम्बरको ट्रक रोकेर जाँच गरेको थियो । सोही क्रममा ट्रकमा लोड रहेको २९ लाख ४८ हजार ९५३ रुपैँया बराबरका हाडवेयर सामानको स्रोत खुलाउन नसकेकाले नियन्त्रणमा लिइएको बाराका डिएसपी प्रकाश सापकोटाले बताए ।

उनका अनुसार ट्रकबाट आल्मुनियम सिट, एसएस हेण्डल, एसएस टवेयर बेल्ट, इलेक्ट्रो पेन्टिङ वेयर, कटप मेसिन, सब विलेट, बालनट इन्सेल लगायतका सामानहरु बरामद भएको छ ।

बरामद सामानसहित ट्रकमाथि आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जानकारी दिएको छ ।

 


सम्बन्धित समाचार