Logo

२३ माघ,वीरगञ्ज । सब डिभिजन वन कार्यालय बसन्तपुरमा सरोकारवालाहरुको साझेदारी वन सम्बन्धि अन्तरक्रिया गोष्ठी उपभोक्ता समिति स्तरीय गोष्ठी आज सम्पन्न भएको छ । कार्यक्रममा वन पैदावर, चोरी तस्करी नियन्त्रण तथा उपभोक्तालाई सहज तरिकाले काठ उपलब्ध गराउने काठको दर रेटको नीति नियम सम्बन्धि उपभोक्ताहरुलाई जानकारी गराइएको थियो ।

गादीमाई साझेदारी वन व्यवस्थापन समितिका अध्यक्ष सहरुम राउत गद्दीको सभापतित्व तथा डिभिजन वन कार्यालय पर्साका प्रमुख मन्जुर अहमदको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जगरनाथपुर गाउँपालिका अध्यक्ष श्रीकान्त यादव, नेपाली काङ्ग्रेस पर्साका प्रवक्ता रमेश पाण्डे, सब डिभिजन वन कार्यालय रङ्पुरका सहायक वन अधिकृत उज्जवल यादव, जगरनाथपुर गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष सुभास यादव जिराभवानी गाउँपालिका वडा नम्बर–५ का वडा अध्यक्ष दारा सिंह राउत थारु लगायत गादीमाई साझेदारी वन व्यवस्थापन समुह पदाधिकारी, स्थानीयहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमको सहजीकरण डिभिजन वन कार्यालयका अधिकृत जवाहरलाल कुर्मीले गर्नुभएको थियो । यसैबीच गादीमाई साझेदारी वन उपभोक्ता समुहको अठार महिनादेखि रिक्त रहेको उपाध्यक्ष पदमा जीराभवानी गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष दाह्रा सिंहलाई चयन गरेको छ ।

गादीमाई साझेदारी वन उपभोक्ता समुहको कार्यक्षेत्र भित्रपर्ने आठ वटा गाउँपालिका र एउटा नगपालिकाका एक–एक जना प्रतिनिधि मध्ये एकजनालाई उपाध्यक्ष चयन गर्नुपर्ने प्रावधान अनुसार आठ वटा गाउँपालिका र एउटा नगरपालिकाका जनप्रतिनिधिले दाह्रा सिंह थारुलाई सर्वसहमत उपाध्यक्षमा चयन गरेको हो ।

उपाध्यक्षमा मनोनित थारुलाई डिभिजन वन कार्यालय पर्साका प्रमुख मन्जुर अहमद र गादीमाई साझेदारी वन उपभोक्ता समुहका अध्यक्ष सहरुम राउत गद्दीले फुलमाला टिका लगाएर स्वागत गर्दै शुभकामना व्यक्त गर्नुभएको थियो ।

 


सम्बन्धित समाचार