२३ माघ,वीरगञ्ज । वीरगञ्ज पथलैया सडक खण्डको गण्डकमा बुधबार दिउँसो मालवाहक ट्रकले स्कुटरलाई ठक्कर दिँदा दुईजना घाईते भएका छन् । घाईते हुनेमा बाराको प्रसौनी गाउँपालिका वडा नम्बर ४ बस्ने बर्ष २५ की मधु शुक्ला र स्कुटर चालक मकवानपुरको हेटौंडा उपमहानगरपालिका ५ बस्ने बर्ष २३ की दिक्षा गुरुङ रहेका छन् ।
परवानीपुरबाट वीरगन्जको बसपार्कतर्फ उनीहरु चढेर आईरहेको ना ५१ प ८४२५ नम्बरको स्कुटरलाई सोही दिसाबाट आईरहेको प्र.२ ००१ ख ७९८८ नम्बरको ट्रकले वीरगन्ज महानगरपालिका वडा नम्बर १४ गण्डकमा पछाडिबाट ठक्कर दिँदा उनीहरु घाईते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक लोकराज भट्टले जानकारी दिए ।
मधु शुक्ला गम्भी घाईते र दिक्षा भने सामान्य घाईते भएको उनले बताए । घाईतेहरुलाई उपचारका लागि वीरगन्ज हेल्थ केयर अस्पतालमा पठाईएको छ । ठक्कर दिने ट्रक चालक मकवानपुरको हेटौडा १५ बस्ने बर्ष ३० का पुणसिंह लो लाई प्रहरीले बाईपासबाट नियन्त्रणमा लिएको छ ।