Logo

२४ माघ, काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् । अध्यादेशबारे निर्णय लिनु अगाडि अध्यक्ष यादव बालुवाटार पुगेका हुन् ।

जसपा नेपालको संसदीय दलको बैठक बिहान ११ बजेका लागि बोलाईएको छ । बैठक बस्ने तय भएकै समयमा यादव प्रधानमन्त्रीलाई भेट्न गएका छन्। पार्टीको संसदीय दलको बैठकबाट अध्यादेशबारे निर्णय लिने तयारी जसपा नेपालको छ ।

प्रधानमन्त्री ओलीलाई भेट्नु अगाडि अधयक्ष यादवले कांग्रेसका नेताहरूसँग संवाद गरेका छन् । कांग्रेस नेताहरूसँग अध्यक्ष यादवले नयाँ बानेश्वरस्थित संसद् भवनमा भेटेका हुन् ।

बिहान भएको भेटमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र उपाध्यक्ष राजकिशोर यादव थिए । कांग्रेसबाट सभापति देउवा, महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्मा, गृहमन्त्री रमेश लेखक उपस्थित थिए ।

 


सम्बन्धित समाचार