Logo

२८ माघ,जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले भ्रष्टाचार नियन्त्रण गर्न कर्मचारीको तलब सुविधा बढाउनुपर्ने बताएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४औँ वार्षिकोत्सवको अवसरमा आज आयोजित कार्यक्रममा मुख्यमन्त्री सिंहले भ्रष्टाचार नियन्त्रण गर्न सम्बन्धित निकायले कडाइका साथ लाग्नुपर्ने बताए । सदाचार, निष्पक्षता र निर्भीकताका साथै भ्रष्टाचार नियन्त्रणमा सबैले भूमिका खेल्नुपर्ने उनले बताए ।

मुख्यमन्त्री सिंहले शिक्षा, स्वास्थ्य, उद्योग, खानेपानी लगायत प्रत्येक क्षेत्रमा भ्रष्टाचार व्याप्त रहेको र दर्ता नभएकाले राजस्व छल्ने काम गरेकाले ती निकायलाई सरकारको करको दायरामा ल्याउनुपर्ने उल्लेख गरे ।

यस्तै मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले भ्रष्टाचार नियन्त्रणसम्बन्धी कानुन फितलो भएकाले मुलुकमा भ्रष्टाचार बढेको बताए । महँगी अनुसार कर्मचारीको तलब भत्ता नबढाएसम्म भ्रष्टाचार नियन्त्रण नहुने उनको भनाइ थियो ।


सम्बन्धित समाचार