![](https://i0.wp.com/racekhabar.com/wp-content/uploads/2025/02/477798172_2275667756159639_8190203597150788737_n_3vaKpDmRM9.jpg?fit=2048%2C1365&ssl=1)
२९ माघ,काठमाडौँ । रास्वापाका सांसद मनिष झाले सदनको महत्त्व भएकाले यसको गरिमा राख्ने काम सङ्ख्याले नभई सिद्धान्तबाट राख्नुपर्ने बताएका छन् । मंगलबारको प्रतिनिधि सभामा बोल्दै उनले भ्रष्टाचारका प्रसङ्गमा नेपालको अवस्था खस्किएको रिपोर्टहरूले देखाएको बताए ।
उनले पुराना पार्टीका नेताहरूको नेपाली राजनीतिमा योगदानप्रति सम्मान प्रकट गर्दै सम्पत्तिबारे प्रश्न गरे । ‘तर मेरो प्रश्न बर्षौँसम्म जेल बसेर बाहिर आउँदै गर्दा एकै पटक दरबारचाहिँ कसरी बन्यो ? व्यवसाय र आर्थिक स्रोत त थिएन’, झाको प्रश्न छ ।
केही महिना जेल बसेर दरबार बनाउने नेताहरूको दरबार कहाँबाट आयो भन्दै आफ्नोसहित सबैको सम्पत्ति छानबिन गर्न माग गरे । उनले सुशासनको अभ्यास सवैतिर गर्नुपर्ने भन्दै त्यसो नगर्ने भए संसद् रोकेर अर्को अध्यादेश ल्याएर तत्तत नेताको कहिल्यै सम्पत्ति छानबिन हुँदैन भनेर निर्णय गरिदिए स्वागत गर्ने बताए ।
नेहा रौनियार र सत्येन्द्रलाई पक्राउ गर्न प्रहरी भारत पुग्ने भिजिबिलिटी के रहेछ भन्दै झाले उनीहरू हत्यारा हो ? भनेर प्रश्न गरे । उनले ३७ हजार १५३ जना सशस्त्र प्रहरी रहेको भन्दै किन एक जनालाई मात्र संरक्षण गरेर प्रहरी प्रमुख बनाउने प्रपञ्च गरिएको भनेर प्रश्नसमेत गरे ।