Logo

३० माघ,वीरगञ्ज । गृह मन्त्रालयले आ.व.२०८१/०८२ को दोश्रो त्रैमासिकको कार्य सम्पादन सम्झौता मूल्यांकन प्रणाली (CPAS) को नतिजा सार्वजनिक गरेको छ । गृहमन्त्रालयले सार्वजनिक गरेको नतिजा अनुसार ७७ जिल्ला प्रशासन कार्यालयहरु मध्ये ईलाम, पश्चिम रुकुम र पाल्पा पहिलो बरियातामा परेका छन् ।

त्यस्तै तेह्रथुम रामेछाप र स्याङजा चौथो स्थानको बरियतामा रहेका छन् । मधेश प्रदेशका जिल्ला प्रशासन कार्यालयहरुको कार्य सम्पादन नतिजामा बारा र धनुषा ४६ औं स्थान रहेको छ । रौतहट ६१ औं स्थानमा, पर्सा ६३ औं स्थानमा सिरहा ६८ औं स्थानमा रहेको छ ।

महोत्तरी र सप्तरी ६९ औं स्थानमा र सर्लाही ७४ औं स्थानमा रहेको गृहमन्त्रालयले सार्वजनिक गरेको त्रैमासिक कार्य सम्पादन सम्भौता मूल्यांकन प्रणालीको नतिजामा उल्लेख गरिएको छ । यसरी समग्र मधेश प्रदेशमा बारा र धनुषाका जिल्ला प्रशासन कार्यालयहरुको कार्यसम्पादन सबैभन्दा उत्कृष्ट रहेको छ । गृहमन्त्रालयले कूल अपलोड योग्यको ५४ अंकको पूर्णाङ्क २० राखेर कार्यसम्पादन सम्झौताको मूल्यांकन गर्ने गरेको छ ।

आ.व.2081_082_को_CPAS_दोस्रो_त्रैमासिक_नतिजा


सम्बन्धित समाचार