Logo

५ फागुन,वीरगञ्ज । नेकपा (माओवादी केन्द्र) निकटका जनवर्गीय संगठन, पेशागत तथा शुभेच्छुक संस्थाको मधेश प्रदेश स्तरीय बैठक आज सम्पन्न भएको छ ।

नेकपा (माओवादी केन्द्र) का केन्द्रीय उपमहासचिव तथा मधेस प्रदेश इञ्चार्ज मातृका प्रसाद यादवको अध्यक्षतामा सम्पन्न बैठकले पार्टीले थाल्ने तराई मधेस जागरण अभियानमा मधेस प्रदेशमा पार्टीका सबै तहका नेता तथा जनवर्गीय संगठन, पेशागत र शुभेच्छुक संस्थाहरु मिलेर सफल पार्ने निर्णय गरेको छ ।

बैठकमा नेकपा माओवादी केन्द्रका केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा झापाबाट सुरु हुने तराई मधेश जागरण अभियानलाई सफल पार्न मधेस प्रदेशमा रहेका सम्पूर्ण जिम्मेवारी पार्टी नेताहरुले सहयोग गर्ने निर्णय गरेको छ ।

अभियान टोली मधेश प्रदेशको सप्तरीमा प्रवेश गरेदेखि नै मधेशका सम्पूर्ण जनवर्गीय संगठन, पेशागत तथा शुभेच्छुक संगठनहरु एवंम जिम्मेवारी अनुसारका नेता कार्यकर्ताहरुले तन, मनका साथ सहभागि हुने निर्णय गरिएको नेकपा माओवादी केन्द्रका प्रचार विभाग सदस्य तथा प्रेस सेन्टर नेपालका मधेस प्रदेश इञ्चार्ज गोविन्द देवकोटाले बताए ।

त्यस्तै बैठकले पेशागत र शुभेच्छुक संगठनहरुलाई सक्रिय पार्नका लागि नियमित बैठक बस्ने र संगठन निर्माण र अभियान समबन्धि समेत प्रचार प्रसार गर्न टीम बनाउने समेत निर्णय गरिएको उनले बताए ।
बैठकमा प्रदेश स्तरीय जनवर्गीय संगठनहरु, पेशागत र शुभेच्छुक संगठनहरुका इंचार्ज, अध्यक्ष, प्रतिनिधिहरुको उपस्तिथि रहेको थियो ।


सम्बन्धित समाचार