
६ फागुन,काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले सरकारको असक्षमताको कारणले ओडिसामा नेपाली विद्यार्थीहरूले असुरक्षा र अपमानजनक व्यवहार भोग्नुपरेको आरोप लगाएको छ ।
हिजो ओडिसाको कलिगां इन्सिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको मृत्यु भएको थियो । त्यसबारे माओवादी सांसद माधव सापकोटाले प्रतिनिधि सभाको बैठकमा भने, नेपाली विद्यार्थीलाई त्यहाँ अपमानजनक व्यवहार गरियो ।
सिंगो नेपाल र नेपालीमाथि धावा बोलियो । तर, सरकारको कूटनीतिक असक्षमताको कारण त्यहाँ अहिले पनि नेपाली विद्यार्थीहरूले असुरक्षित छन् ।
उनले घटनाको अनुसन्धान गर्नको लागि उच्चस्तरीय राजनीतिक संवाद गर्नको लागि सरकारसँग माग गरे ।