
७ फागुन,वीरगञ्ज । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले वीरगञ्जस्थित निजी अस्पतालहरूको आज अनुगमन गर्नुभएको छ । मधेश प्रदेशका स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका अधिकारी सन्तोष कुमार ठाकुर सहितको टोलीले आज वीरगञ्जमा आएर विभिन्न निजी अस्पतालहरुमा अनुगमन गर्नुभएको हो ।
मुख्यमन्त्री नेतृत्वको अनुगमन टोली अहिले वीरगञ्जको भवानी हस्पिटलमा अनुगमन सकिएपछि प्रभु अस्पतालमा पुगेका छन् । भवानी अस्पतालबाट शुरु भएको अनुगमन वीरगन्जका विभिन्न निजी अस्पतालमा अनुगमन गरिरहेको छ । अस्पतालबाट निस्किने फोहोरमैला छुट्टै व्यवस्थापन गर्न निर्देशन दिइएको छ ।