
१ १ फागुन,सेढवा । पर्साको जिराभवानी गाँउपालिका वडा नं.– ४ सुपौलीमा शनिबार चैते धान खेती बिस्तार सहयोग अन्तर्गत ५० प्रतिशत अनुदानमा उन्नत धानको बीऊ, सुक्ष्मतत्व तथा त्रिपाल बितरण गरिएको छ ।
सुपौली सहकारी संस्थाको आयोजना तथा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यालय बारा पर्साको सहयोगमा कार्यक्रम त्रिपाल वितरण गरिएको हो ।
देशमा रहेका जनसंख्यालाई बर्षभरि पुग्ने खाद्यान्न स्वदेशमा उत्पादन हुन नसकेका कारण यसको उत्पादनमा बिशेष प्रयास भइरहेको प्रधानमन्त्री कृषि आधुनिकरण कार्यालय बारा पर्साका प्रमुख डा.हेमचन्द्र जैश्वालले बताए।
नेपालमा खाद्यान्न अपुग हुने हुदा बर्सेनि अर्बौ रुपैया मूल्य बराबरको खाद्यान्न आयात गर्नु परेको जैश्वालको भनाई छ ।
खाद्यान्न उत्पादनका लागि एउटै जमिनमा दुईबाली उत्पादन गर्ने तराईका भू–भाग उपयुक्त भएको डा.जैश्वालले बताए। वडा नं.–४ का वडाध्यक्ष राजेश्वर दास थारुको सभापतित्वमा सम्पन्न कार्यक्रममा किसानहरुलाई हर्दिनाथ–१ को उन्नत जातका बीऊ तथा त्रिपाल बितरण गरिएको थियो ।