
११ फागुन,काठमाडौँ । नेपाली कांग्रेसकी सांसद इश्वरीदेवी न्यौपानेले पूर्वराजा ज्ञानेन्द्र शाहलाई चुनाव लडेर संसदमा आउन चुनौती दिएकी छन् ।
आइतबार प्रतिनिधि सभामा आकस्मिक समयमा बोल्दै उनले सत्तामा फर्किने मन भए चुनाव लडेर आउन आह्वान गरिन् ।
‘सत्तामा नै यदि फर्किने चाहना छ भने टिका लगाएर या कसैको कृपाले होइन, नागरिकले पाउने सुविधाको उपयोग गर्दै २०८४ सालको निर्वाचनमा भाग लिने हिम्मत गर्नुस्’ उनले भनिन् । पूर्वराजाका समर्थकलाई पनि यही बाटो अवलम्बन गर्न उनको आह्वान छ ।