
१२ फागुन,काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले सरकारले विद्युत महशुल नतिर्नेहरुको नभई तिर्नेहरुको लाइन काट्न निर्देशन दिएको आरोप लगाएका छन् ।
प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै पौडेलले उर्जामन्त्रीको आलोचना गरेकै कारण दुधकोशी जलविद्युत आयोजनाका सिईओ विमल गुरुङमाथि कारबाही गरिएको बताए । उनले बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने भनेर हल्ला गर्ने गरेको उल्लेख गर्दै उज्यालो नेपाल बनाएर कुलमानले के गल्ति गरे ? भन्दै प्रश्न गरे ।
सांसद पौडेलले कुलमान घिसिङले घाटामा गएको विद्युत प्राधिकरण नाफामा ल्याएको जिकिर समेत गरेका छन् ।