Logo

१४ फागुन,वीरगञ्ज । वीरगञ्जको पावरहाउस नजिकै भारतीय नम्बरको कार र अटो एकआपसमा ठोक्किएको छ । घण्टाघरबाट गण्डकतर्फ गईरहेको बीआर ०५ वाई ०२६१ नम्बरको हुण्डाई भारतीय कार र पावरहाउसतर्फबाट घण्टाघरतर्फ विपरित दिशाबाट आएको मधेस प्रदेश ०३ ००२ स ५९४० नम्बरको अटो एक आपसमा ठोक्किदा अटोमा सवार दुईजना घाईते भएका छन् ।

प्रत्यक्षदर्शीका तीब्र गतिमा रहेको अनुसार कार गलत दिशाबाट आईरहेको अटोसँग ठोक्किएको हो । अटोमा चारपाँच जना महिला सवार रहेका थिए । उनीहरु मध्य दुईजना घाईते भएका छन् । घाईतहरुको परिचय खुल्न बाँकी रहेको छ । कार चालक भने ठोक्किने वित्तिकै ह्याण्ड ब्रेक लगाएर ढोका खोली भागेको प्रत्यक्षदर्शीले बताएका छन् ।


सम्बन्धित समाचार