
१४ फागुन,काठमाडौँ । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । बैठक फागुन १८ गते (आइतबार) दिउँसो २ बज बस्नेगरी बैठक बोलाइएको हो ।
पछिल्लो राजनीतिक घटनाक्रम र पार्टीका विभिन्न एजेण्डामा छलफल गर्न सचिवालय बैठक बोलाइएको केन्द्रीय कार्यालय सचिव भीष्म अधिकारीले जानकारी दिए ।
बैठकका एजेण्डा तय गर्न शनिबार केन्द्रीय कार्यालय बैठक बस्ने उनले बताए ।