Logo

१६ फागुन,काठमाडौँ । प्रेस चौतारी नेपालले १०औँ महाधिवेशनको मिति सरेको छ । प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतको अध्यक्षतामा सम्पन्न सचिवालय बैठकले महाधिवेशन आगामी चैत १० देखि १२ गते कोशी प्रदेशको राजधानी विराटनगरमा गर्ने निर्णय गरेको चौतारीका महासचिव हिरामान लामाले जानकारी दिए । यसअघि फागुन २५ देखि २७ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरिएको थियो ।

उनका अनुसार पूर्वनिर्धारित समयमा प्रदेश र जिल्ला अधिवेशन सम्पन्न हुन नसकेको कारण महाधिवेशनको मिति सार्नु परेको हो । उनले प्रेस चौतारी नेपालको १०औँ महाधिवेशनलाई श्रमजीवी पत्रकारहरूको उत्सवका रूपमा सम्पन्न गर्ने बताए ।

 


सम्बन्धित समाचार
भर्खरै