Logo

३ चैत,वीरगञ्ज । वीरगञ्ज पथलैया सडक खण्डको परवानीपुरमा आज बिहान मोटरसाईकलले ठक्कर दिँदा चारजना घाईते भएका छन् । घाईते हुनेमा पैदल यात्री वीरगञ्ज महानगरपालिका वडा नम्बर २१ बस्ने बर्ष ४५ का राजदेव महतो र सोही ठाउँ बस्ने बर्ष ४६ का मजिद मियाँ रहेका छन् ।

त्यस्तै ठक्कर दिने मोटरसाईकल चालक जीतपुर सिमरा उपमहानगरापालिका वडा नम्बर २४ हरपुरका अजहर अन्सारी र पछाडि बस्ने मून्ना देवान रहेका छन् । उनीहरुको पनि नेपाल मेडिसिटी बयोधा अस्पतालमै उपचार भईरहेको छ ।

वीरगञ्जबाट सिमरातर्फ जादै गरेको प्र.२०३००१ प ८३०३ नम्बरको मोटरसाइकलले पछाडिबाट ठक्कर दिँदा उनीहरु घाईते भएका हाम्रा सहकर्मी सब्दर हुसेनले जनाएका छन् । राजदेव महतो टाउकोमा चोट लागेर सामान्य घाईते भएका छन् । भने र मजिद मियालाई गम्भीर चोट लागेर उनको खुट्टा काटिएको छ । घाईतेहरुलाई उपचारका लागि वीरगञ्जको नेपाल मेडिसिटी बयोधा अस्पतालमा भर्ना गरिएको छ ।


सम्बन्धित समाचार