
३ चैत,जनकपुर । धनुषाको सबैला नगरपालिकामा दुइ पक्षबिच झडप हुँदा प्रहरीले अश्रुग्यास प्रहार गरेको छ ।नगरपालिकामा दुइ पक्षबिच झडप हुँदा प्रहरीले आश्रुग्यास प्रहार गरेको हो ।
स्थिति तनावग्रस्त बनेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको धनुषा प्रहरीले जनाएको छ ।धनुषाका प्रहरी प्रवक्ता डीएसपी बरुणबहादुर सिंहले स्थिति नियन्त्रणमा लिन एकसेल आश्रुग्यास प्रहार गरेको बताए ।
उनका अनुसार अश्रुग्यास प्रहार गर्दै प्रहरीले लाठीचार्ज पनि गरेको थियो ।‘एक पक्षले यादव चोक हुनुपर्छ भन्छन्, अर्को पक्षले यादव चोक स्वीकार नगर्ने भन्छन् । चोकको विषयमा दुई पक्षबीच झडप भयो,’ उनले भने, ’
केलुवामोरका बासिन्दाले भठिहनमा ‘यादव चोक’ नामकरण गरेको थियो । ‘यादव चोक’ को बोर्ड समेत सडकमा राखेपछि विवाद चुलिएको छ ।
भठिहनका बासिन्दाले ‘यादव चोक’को नाममा आपत्ति जनाउँदै बोर्ड उखालेर प्रहरीको जिम्मा लगाएको थियो ।