Logo

३ चैत,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा एक किशोरी पासो लगाएको अवस्थामा फेला परेकी छिन् । वीरगञ्ज महानगरपालिकाको वडा नम्बर–१६ नगवास्थित सुशिलादेबीको घरमा डेरा गरी बस्दै आएकी प्रमोद साहको १४ वर्षीया लक्ष्मीकुमारी साह पंखामा पासो लगाएको अवस्थामा फेला परेको पर्सा प्रहरीले जनाएको छ ।

किशोरी आईतबार विहान आफ्नै कोठामा रहेको पंखामा सेतो सलको पासो लगाइ झुण्डिएको अवस्थामा फेला परेको पर्सा प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक किशोर लम्सालले जानकारी दिए । उनका अनुसार मृतक किशोरी अविवाहित रहेको खुलेको छ ।

मृतक साहको शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा लगिएको प्रहरीले जनाएको । घटनाको सम्बन्धमा मृतकको शवको पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै खुल्ने प्रहरीको भनाई छ । प्रहरीले घटनाको सूक्ष्म अनुसन्धान सुरु गरेको प्रहरी प्रवक्ता लम्सालले बताए ।


सम्बन्धित समाचार