Logo

११ माघ, वीरगञ्ज । मनिट्रान्सफर कम्पनीमा काम गर्ने ३ जनालाई रकम ठगी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरेको छ ।

वीरगञ्ज महानगरपालिका वडा नं १० मा रहेको माँ दुर्गे मनिट्रान्सफर प्रा.लिमा काम गर्दै आएका वीरगञ्ज वडा नं १० मा बस्ने आकाश साह, सोही ठाउँ बस्ने बर्ष २२ को संजय साह र बर्ष २१ को महम्द सकिर मियाँलाई प्रहरीले पक्राउ गरेको हो ।

माँ दुर्गे मनिट्रान्सफर कम्पनीका सञ्चालक बिजय साह सरार्फले ४ लाख १४ हजार ८ सय रुपियाँ कृषि बिकास बैकमा जम्मा गरी सो को भौचार लिएर आउन बैकमा पठाएकोमा कम्पनीमा कार्यरत तीन जना कर्मचारीले उक्त रकम लिएर भागेका थिए ।

कम्पनीमा कार्यरत कर्मचारीले बैकमा रकम जम्मा नगरि भागेको सूचना जिल्ला प्रहरी कार्यालय पर्सामा दिएकोमा जिल्ला प्रहरी कार्यालय पर्साबाट प्रहरी निरीक्षक प्रज्वल थपलियाको कमाण्डमा खटिएको प्रहरी टोलीले उनीहरुलाई वीरगञ्जबाट पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार उनीहरुको साथबाट २ लाख २३ हजार ५ सय बरामद भएको छ । प्रहरीले घटनामा संलग्न ३ जनालाई ठगी, अपराधिक विश्वासघात तथा अपराधिक लाभ सम्वन्धी कसूरमा अनुसन्धान गर्न जिल्ला अदालत पर्साबाट ४ दिनको भ्यादथप गरेर कार्वाही अगाडी बढाएको छ ।


सम्बन्धित समाचार