प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

१ जेठ, काठमाडौं । सांसद मोहन बस्नेतको पद निलम्बनमा परेको छ । अख्तियारले टेरामक्स प्रकरणमा उनीसहित १६ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेसँगै उनी स्वतः निलम्बित भएका हुन् ।

पूर्वमन्त्री समेत रहेका नेपाली कांग्रेसका सांसद बस्नेतको सिन्धुपाल्चोक २ बाट निर्वाचित प्रतिनिधिसभा निर्वार्चित भएका थिए ।सञ्चारमन्त्री हुँदा बस्नेतले मन्त्रिपरिषद्ले मात्र पाउने अधिकारभन्दा वाहिर गएर टेरामक्स कार्यान्वयनको निर्देशन दिएका थिए ।

सोहीअनुसार दूरसञ्चार प्राधिकरणका अधिकारीहरूले कानूनविपरीत काम गरेको उनीमाथि अभियोग छ । बस्नेतसहित १६ जना प्रतिवादी रहेको उक्त मुद्दामा जनही ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ रूपैयाँ बिगो दाबी गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, २०४८ साथै भ्रष्टाचार निवारण ऐन, २०५८ मा सार्वजनिक पदमा भएको व्यक्तिविरुद्ध मुद्दा दर्ता भए स्वतः निलम्बन हुने प्रावधान छ ।


सम्बन्धित समाचार