प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

१ बैशाख, काठमाण्डौ । जलविद्युत आयोजनाको पीपीए गर्न ढिलाई गरेको भन्दै उर्जामन्त्रीले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकलाई हप्काएका छन् ।

उर्जामन्त्री दिपक खड्काले आफुले दिएको निर्देशनको पालना नगरेको भन्दै कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई हप्कीदप्की गरेका हुन् । नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनमा असमझदारी बढिरहँदा उर्जामन्त्री दिपक खड्का छिटो भन्दा छिटो पीपीए गर्ने पक्षमा भएपनि शाक्यले सूचना ननिकाल्दा विवाद बढेको हो ।

चैत १३ गते रातीको बैठकले करिब ५ हजार मेगावाटका ५४ जलविद्युतआयोजनाको पीपीएको निर्णय गरेको थियो । पीपीएको सूचना ननिकालेको विषयलाई लिएर मन्त्री खड्काले केही दिन अघि शाक्यलाई मन्त्रालयमै बोलाएका थिए । सो क्रममा मन्त्री खड्काले शाक्यलाई दलाल लगायतको भाषा प्रयोग गरी हप्काहप्की गरेर सूचना तत्काल निकाल्न दबाब दिएको मन्त्रालय स्रोतको भनाई छ ।

कुलमान घिसिङलाई हटाएर प्राधिकरणमा प्रधानमन्त्री केपी शर्मा ओलीको रोजाईमा हितेन्द्रदेवलाई नियुक्त गरिएको थियो । मन्त्री खड्काका सल्लाहकारले पनि पीपीएको विषयमा मन्त्री खड्का र शाक्यबीच सामान्य बहस भएको स्वीकार गरेका छन् ।


सम्बन्धित समाचार