२ जेठ,वीरगञ्ज । वीरगञ्जस्थित मदरल्याण्ड माध्यमिक विद्यालयमा अन्तर–कक्षा कक्षा सज्जा प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।
विद्यालयका संस्थापक तथा प्रिन्सिपल डा. नन्दन यादवको सभापतित्वमा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्री ओम प्रकाश खनाल प्रमुख अतिथि रहनुभएको थियो।
कार्यक्रममा प्रेस सेन्टरका केन्द्रीय सदस्य श्री सन्तोष पौडेल, रिपोर्टर्स क्लब पर्साका अध्यक्ष श्री कन्हैया गुप्ता, कपडा बैंकका अध्यक्ष तथा पत्रकार श्री लालबाबु सिंह विशिष्ट अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो।
यसैगरी, नेपाल पत्रकार महासंघका जिल्ला सदस्य श्री रितेन्द्र झा र प्रेस सेन्टरका जिल्ला कोषाध्यक्ष श्री सञ्जित गुप्ताको पनि आतिथ्यता रहेको थियो।
प्रतियोगितामा १५० पूर्णाङ्कमा १३५ अंक प्राप्त गर्दै कक्षा ७ ले प्रथम स्थान हासिल ग¥यो। त्यसैगरी, १३४ अंकका साथ कक्षा ६ दोस्रो भयो भने १३३ अंक ल्याएर कक्षा ४ र नर्सरीले तेस्रो स्थान प्राप्त गरे। प्रतियोगितामा १३२ अंक ल्याएर सान्त्वना स्थान प्राप्त गर्ने कक्षालाई पनि पुरस्कृत गरियो।
विजयी कक्षाका विद्यार्थीहरूलाई प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरूले शिल्ड वितरण गर्नुभएको थियो। प्रतियोगितामा निर्णायकको भूमिका श्री लालबाबु सिंह, श्री कन्हैया गुप्ता र श्री रितेन्द्र झाज्यूले निर्वाह गर्नुभएको थियो।
कार्यक्रमको सहजीकरण विद्यालयकी लेखापाल सुश्री विजेता चौधरीले गर्नुभएको थियो। यस प्रकारका प्रतियोगिताले विद्यार्थीहरूमा सिर्जनात्मकता र सहकार्यको भावना विकास गर्न मद्दत पुग्ने विद्यालय प्रशासनले जनाएको छ।

















