प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

३ जेठ,काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीसँग नेपाल भ्रमणमा रहेका कतारको विदेश मन्त्रालयका जलवायु परिवर्तन तथा दिगोपनसम्बन्धी विशेष दूत बदर उमर स्माइल अल दफाले आज भेटवार्ता गरेका छन्।
सगरमाथा संवाद स्थलमा भएको भेटमा दुई देशबीच आपसी हितका विभिन्न विषयमा छलफल भएको वन तथा वातावरण मन्त्रालयले जनाएको छ।

भेटका अवसरमा वनमन्त्री शाहीले नेपाल र कतारबीच वन तथा वातावरण, प्रविधि हस्तान्तरण, प्रदूषण नियन्त्रण र नवप्रवर्तनका क्षेत्रमा दीर्घकालीन रणनीतिक साझेदारी गर्न सकिने बताए।

यसैगरी, मन्त्री शाहीले नेपालले कतार सरकारलाई उपहारस्वरूप दिने भनिएको एक जोडी हात्ती प्रदान गर्नका लागि आवश्यक प्रक्रिया एक महिनाभित्र अघि बढाइने जानकारी गराएका छन्।

मन्त्री शाहीको प्रस्तावप्रति विशेष दूत दफाले आभार व्यक्त गरेका थिए ।


सम्बन्धित समाचार