Logo

४ जेठ, काठमाडौं । नेप्से आज २ दशमलव ७९ अंक घटेको छ ।

साताको पहिलो दिन आइतबार सेयर बजारको परिसूचक २ दशमलव ७९ अंकले घटेसँगै नेप्से परिसूचक २६०९ अंकमा कायम भएको छ । आजसहित लगातार छैटौं दिन सेयर बजार घटेको हो ।
यद्धपी, बजारको अंक घट्दा पनि कारोबार रकम भने बढेको छ । अघिल्लो दिन ७ अर्ब ८ करोडको कारोबार भएकोमा आज ८ अर्ब ५० करोडको कारोबार भएको छ । १०० कम्पनीको मूल्य बढ्दा १४५ को घट्दा एउटाको स्थिर छ । आज अन्य समूह सबैभन्दा धेरै ४ दशमलव १९ प्रतिशतले बढेको छ । यो समूहमा रहेका दुई कम्पनी नेपाल पुनर्बीमा र हिमालयन रिइन्स्योरेन्सको मूल्य उच्च दरमा बढ्दा समग्र समूह बढेको हो ।

यस्तै माइक्रोफाइनान्स १ दशमलव २२ र होटल तथा पर्यटन १ दशमलव ११ प्रतिशत बढेको छ । यीबाहेक सबै समूहका सूचक घटेका छन् । व्यस्तै, व्यापार सबैभन्दा धेरै २ दशमलव ६८ प्रतिशत घट्यो । निर्जीवन बीमा ०.८८, उत्पादन ०.३४, जीवन बीमा ०.६७, लगानी ०.२७, हाइड्रोपावर १.३६, फाइनान्स ०.४७, विकास बैंक २.२२ र बैंकिङ ०.१४ प्रतिशत घटेको छ ।


सम्बन्धित समाचार
भर्खरै