Logo

५ जेठ,काठमाडौँ । सोमबार (आज) नेपाली बजारमा सुनको मूल्यमा सामान्य अंकले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य आज प्रति तोला ६०० रुपैयाँले बढेर १ लाख ८४ हजार ८०० रुपैयाँ पुगेको छ । यसअघि आइतबार सुन प्रतितोला १ लाख ८४ हजार २०० रुपैयाँ कायम भएको थियो ।

यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ, आइतबारकै मूल्यमा कारोबार भइरहेको छ । आइतबार तोलामा १ हजार ९४५ रुपैयाँ कायम भएको थियो ।


सम्बन्धित समाचार
भर्खरै