प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

५ जेठ, काठमाडौं । टेलिकमले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ । नेपाल टेलिकमले पछिल्लो ९ महिनामा २ अर्ब ८४ करोड रुपैंया मात्रै खुद नाफा कमाएको हो ।
गत वर्षको यही अवधिमा ५ अर्ब ५३ करोड ७५ लाख नाफा कमाएको टेलिकमले अहिले २ अर्ब ८४ करोड २२ लाख रुपैयाँ मात्रै खुद नाफा कमाएको देखिन्छ । जुन ४८ दशमलव ६ प्रतिशतले कम हो । कम्पनीको आम्दानी नै घटेपछि नाफामा असर परेको हो । मुख्यतः ब्याजवापतको आम्दानीमा उच्च गिरावट आएको छ । ठूलो रकम निक्षेपमा लगानी गरेको टेलिकमको ब्याज आम्दानी ४६ प्रतिशत घटेको छ । पहिले ब्याजवापत ५ अर्ब १९ करोड रुपैयाँ आम्दानी गरेको कम्पनीले अहिले २ अर्ब ८० करोड ३५ लाख आम्दानी गरेको छ ।

कम्पनीको आम्दानी सामान्य घटेपनि डिफर्ड ट्याक्स उल्लेख्य बढेका कारण खुद नाफा घटेको हो । समीक्षा अवधिमा कम्पनीको आम्दानी ० दशमलव ६४ प्रतिशत घटेर २५ अर्ब ३१ करोड ७६ लाख रुपैयाँमा सीमित भएको छ । यस्तै, कम्पनीको वित्तीय आम्दानी समीक्षा अवधिमा ४६ दशमलव ०२ प्रतिशत घटेको छ भने कुल आम्दानी ८.८९ प्रतिशत घटेको छ ।
नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १९ रुपैयाँ ९६ पैसा घटेर २१ रुपैयाँ ५ पैसामा सीमित भएको छ । चैतको अन्त्यसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ५०३ रुपैयाँ ९३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४२ दशमलव ७४ गुणा रहेको छ ।

ग्राहकबाट संकलन भएको आम्दानी भने सन्तुलित छ । पहिले यस्तो आम्दानी २५ अर्ब ४८ करोड रहेकोमा अहिले २५ अर्ब ३१ करोड रुपैयाँ छ । ब्याज आम्दानी घट्दा कुल आम्दानी नै घटेको छ । कुल आम्दानी पहिले ३१ अर्ब २० करोड रुपैयाँ रहेकोमा अहिले २८ अर्ब ४३ करोड रुपैयाँमा झरेको छ ।

नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी घटेको छ । वार्षिक प्रतिसेयर आम्दानी जम्मा २१ रुपैयाँ ५ पैसामा खुम्चिएको छ । गत वर्ष वार्षिक प्रतिसेयर आम्दानी ४१ रुपैयाँ थियो ।


सम्बन्धित समाचार