Logo

७ जेठ,काठमाडौं । संघीय संसदअन्तर्गतका पाँचवटा समितिको बैठक आज (जेठ ७ गते) बस्दैछ । संघीय संसद सचिवालयका अनुसार अर्थ समिति, महिला तथा सामाजिक मामिला समिति, पूर्वाधार विकास समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सार्वजनिक लेखा समितिको बैठक बस्न लागेको हो ।

अर्थ समितिः बिहान ११ बजे बस्ने बैठकमा बैंक तथा वित्तीय संस्था सम्बन्धी पहिलो (संशोधन विधेयक), २०८० सम्बन्धमा विषय विज्ञ र सरोकारवालासँग छलफल गरिनेछ ।

महिला तथा सामाजिक मामिला समितिः बिहान साढे ७ बजे बस्ने बैठकमा दुई वटा उपसमितिहरूले तयार पारेका प्रतिवेदनहरू समिति समक्ष पेश गर्ने कार्यसूची रहेको छ ।

पूर्वाधार विकास समितिः बिहान ८ः३० बजे बस्ने बैठकमा विद्युत विधेयक, २०८० माथि संशोधन सहित दफाबार छलफल गरिने कार्यसूची रहेको छ ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिः दिउँसो २ बजे बस्ने बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० को सम्बन्धमा उपसमितिको प्रतिवेदनमाथि छलफल गरिनेछ ।

सार्वजनिक लेखा समितिः दिउँसो १ बजे सिंहदरबारमा बस्ने समितिको ४१औं बैठकमा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल स्थलगत अध्ययन उपसमितिको प्रतिवेदनमाथि छलफल गरिनेछ ।


सम्बन्धित समाचार
भर्खरै