८ जेठ,वीरगञ्ज । महालेखा परीक्षकको कार्यालयले बुधबार सार्वजनिक गरेको ६२औँ प्रतिवेदनअनुसार बारा जिल्लाका सबै १६ वटै स्थानीय तहमा बेरुजु रकम देखिएको छ। गत आर्थिक वर्ष २०८०÷८१ को लेखा परीक्षणले जिल्लाका कुनै पनि पालिका बेरुजुमुक्त नरहेको देखाएको हो।
प्रतिवेदनअनुसार, जिल्लाका पालिकाहरूमध्ये आदर्श कोतवाल गाउँपालिकामा सबैभन्दा बढी बेरुजु देखिएको छ, जहाँ ४ करोड ५१ लाख ३७ हजार रुपैयाँ अर्थात् ६.९८ प्रतिशत बेरुजु रहेको छ। यस्तै, सबैभन्दा कम बेरुजु प्रसौनी गाउँपालिकामा पाइएको छ, जहाँ ४० लाख ५० हजार रुपैयाँ अर्थात् ०.४५ प्रतिशत बेरुजु छ। बारा जिल्लामा दुई उपमहानगरपालिका, पाँच नगरपालिका र नौ गाउँपालिका गरी कुल १६ वटा स्थानीय तह छन्।
कुन पालिकामा कति छ बेरुजु ?
महालेखाको प्रतिवेदनअनुसार, बाराका प्रमुख पालिकाहरूको बेरुजु विवरण यस्तो छ:
- कलैया उपमहानगरपालिका: १३ करोड १ हजार रुपैयाँ (५.३९ प्रतिशत)
- जितपुरसिमरा उपमहानगरपालिका: २५ करोड ५९ लाख ४१ हजार रुपैयाँ (६.१६ प्रतिशत)
- निजगढ नगरपालिका: ११ करोड ५६ लाख १६ हजार रुपैयाँ (६.७१ प्रतिशत)
- कोल्हबी नगरपालिका: ३ करोड ७६ लाख ६२ हजार रुपैयाँ (३.२८ प्रतिशत)
- पचरौता नगरपालिका: १ करोड ६३ लाख ९६ हजार रुपैयाँ (१.३५ प्रतिशत)
- सिम्रौनगढ नगरपालिका: ८ करोड ८७ लाख ४७ हजार रुपैयाँ (६.७० प्रतिशत)
- महागढीमाई नगरपालिका: ६ करोड ६३ लाख २२ हजार रुपैयाँ (३.९५ प्रतिशत)
गाउँपालिकाहरूमा भने:
- परवानीपुर गाउँपालिका: ५२ लाख ३५ हजार रुपैयाँ (०.६४ प्रतिशत)
- प्रसौनी गाउँपालिका: ४० लाख ५० हजार रुपैयाँ (०.४५ प्रतिशत)
- आदर्श कोतवाल गाउँपालिका: ४ करोड ५१ लाख ३७ हजार रुपैयाँ (६.९८ प्रतिशत)
- करैयामाई गाउँपालिका: २ करोड ४३ लाख ६० हजार रुपैयाँ (२.४० प्रतिशत)
- देवताल गाउँपालिका: १ करोड १७ लाख ३२ हजार रुपैयाँ (१.४१ प्रतिशत)
- फेटा गाउँपालिका: १ करोड ५० लाख ५० हजार रुपैयाँ (२.२३ प्रतिशत)
- बारागढी गाउँपालिका: २ करोड ५६ लाख ९९ हजार रुपैयाँ (२.८० प्रतिशत)
- विश्रामपुर गाउँपालिका: १ करोड ४७ लाख २१ हजार रुपैयाँ (१.६६ प्रतिशत)
- सुवर्ण गाउँपालिका: ५ करोड ७३ लाख ४९ हजार रुपैयाँ (५.७८ प्रतिशत)
महालेखाको यो प्रतिवेदनले स्थानीय तहमा वित्तीय अनुशासन कायम गर्न थप चुनौती रहेको देखाएको छ ।















