Logo

१० जेठ, वीरगञ्ज । बाराको प्रसौनी गाउँपालिका वडा नं. ४, खुटवा जब्दीस्थित चण्डीमाई फिल्डको मैदानमा शनिबारदेखि वडा स्तरीय टी–ट्वान्टी नकआउट क्रिकेट प्रतियोगिता सुरु भएको छ। प्रतियोगिताको उद्घाटन प्रसौनी गाउँपालिकाका अध्यक्ष श्विनोद प्रसाद जैसवालले उद्धघाटन गरेका छन्।

उद्घाटन समारोहमा बोल्दै अध्यक्ष जैसवालले खेलकुद युवाहरूको शारीरिक तथा मानसिक विकासमा महत्वपूर्ण योगदान दिने भएकाले यस्ता प्रतियोगिताहरूले युवामा अनुशासन, सहकार्य र नेतृत्व क्षमताको विकास गर्न सहयोग पुग्ने बताए।

उनले वडा स्तरबाटै खेलकुदलाई प्रवर्द्धन गर्दै प्रतिभाशाली खेलाडी पहिचान गर्न यस्ता टुर्नामेन्ट आवश्यक रहेको उल्लेख गरे कार्यक्रममा स्थानीय जनप्रतिनिधि, खेलप्रेमी, युवा क्लबका प्रतिनिधिहरू तथा स्थानीयबासी उपस्थिति रहेको थियो।

प्रतियोगिता नकआउट प्रणालीमा सञ्चालन हुनेछ र गढीमाई र परवानीपुर टिमबीच प्रतिस्पधा हुदै छ । आयोजक समितिले खेलाडीहरूलाई आवश्यक सबै सुविधा उपलब्ध गराउँदै खेल सफल र मर्यादित रूपमा सम्पन्न गर्ने संचालक कुन्दन गिरी बताए ।


सम्बन्धित समाचार