Logo

११ जेठ,काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आइतबार तोलामा १ हजार ४०० रूपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा १ लाख ९१ हजार ८०० रूपैयाँ कायम भएको छ । शुक्रबार छापावाल सुन तोलामा १ लाख ९० हजार ४०० रूपैयाँमा कारोबार भएको थियो ।

आइतबार चाँदीको मूल्य भने स्थिर रहेको छ । शुक्रबार तोलामा २ हजार ५ रूपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।


सम्बन्धित समाचार
भर्खरै