१३ जेठ, नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को मध्यविन्दु नगरपालिका-७ अम्रसा जंगलमा मंगलबार बिहान मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।
अम्रसा गाउँबाट चोरमारातर्फ जाँदै गरेको लु९प ८११६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो। जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक यादव ढकालका अनुसार, दुर्घटनामा २४ वर्षिय नवीन कुमाल र २२ वर्षका रादिम मिधुनको मृत्यु भएको छ। घाइते २८ वर्षिय मनिष घर्तीमगरलाई थप उपचारका लागि चितवनको नयाँ मेडिकल कलेज लगिएको छ।
तीनै जनाले टायल मार्बलसम्बन्धी मिस्त्रीको काम गर्थे र कामका लागि जाँदै गर्दा दुर्घटनामा परेको प्रहरीले जनाएको छ। प्रहरी घटनाको थप अनुसन्धान गरिरहेको छ।

















