Logo

प्रतीकात्मक तस्वीर

२१ जेठ, वीरगञ्ज । वीरगन्जको परवानीपुरबाट दुईवटा पाडापाडी हराएको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर २१ का हैदर अलि हवारीको दुईवटा पाडापाडी फुटबल मैदानबाट मंगलबारदेखि हराएको हो । खेल मैदानमा चरिरहेको पाडापाडी एक्कासी हराएपछि हवारी परिवार चिन्तित भएका छन् ।

परिवारका सदस्यहरु मिलेर चारैतिर खोजी गर्दा समेत पाडापाडी फेला नपरेको हवारीले दुखेसो सुनाए । सामान्य गरिब परिवारका हवारीको भएको दुईवटा पाडापाडी पनि हराएपछि उनीहरुको परिवारको सपना पनि हराएको जस्तै भएको सुनाए । मुस्लीम समुदायहरुको पर्व कुर्बानीको नजिकमा आफूले पालेको पाडापाडी हराएपछि परिवारमा चिन्ता छाएको छ ।

पाडापाडी खोज्दा पनि फेला नपरेपछि फेला पार्नेहरुलाई ९८२११६७८०३ मा सम्पर्क गरेर जानकारी दिन पनि हैदर अलि हवारीले अनुरोध गरेका छन् ।


सम्बन्धित समाचार
भर्खरै