Logo

३० जेठ,वीरगञ्ज । पर्सामा रहेको उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासका न्यायाधीश खुशीप्रसाद थारूमाथि भएको दुर्व्यवहारको घटनापछि अदालतका सबै सुरक्षाकर्मी फेरिएका छन्। जिल्ला प्रहरी कार्यालय पर्साका एसपी गौतम मिश्रले दिएको जानकारीअनुसार शुक्रबार अदालतमा रहेका सबै सुरक्षाकर्मी र सबै न्यायाधीशका व्यक्तिगत सुरक्षाकर्मी (PSO) हरूलाई परिवर्तन गरिएको छ।

एसपी मिश्रले हिजोको घटनापछि सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउने उद्देश्यले यो कदम चालिएको बताए। बिहीबार न्यायाधीश थारू इजलासमा बसिरहेका बेला तीन जना व्यक्तिले प्रवेश गरी उनीमाथि मसी छ्यापेर दुर्व्यवहार गरेका थिए।

घटनालगत्तै प्रहरीले तीन जनालाई पक्राउ गरेको थियो। पक्राउ पर्नेमा धर्मेन्द्र बाँस्तोला नेतृत्वको नेकपा बहुमत पार्टीका कार्यकर्ताहरू सिरहाका ४८ वर्षीय गर्भु महतो, सर्लाहीका ४३ वर्षीय पदमबहादुर मगर र प्यूठान घर भई ललितपुर बस्ने ३८ वर्षीय अविनाश भन्ने किशोर कुवँर रहेका छन्। कुवँर पार्टीका केन्द्रीय सदस्य हुन् भने मगर जिल्लाका इन्चार्ज र महतो जिल्ला समिति सम्पर्क सदस्य रहेको खुलेको छ।

प्रहरीले उनीहरूमाथि शुक्रबार जिल्ला अदालतबाट म्याद थप गर्ने तयारी गरेको छ। उनीहरूमाथि अपमानजनक व्यवहार गर्न नहुने र विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा म्याद थप गर्न लागिएको प्रहरीले जनाएको छ।

नेपाली कांग्रेसका नेता अफताब आलमलाई सफाइ दिने फैसला गरेको भन्दै उनीहरूले न्यायाधीशमाथि दुर्व्यवहार गरेको खुलेको छ। जेठ १४ गते न्यायाधीश खुसीप्रसाद थारू र अर्जुन महर्जनको संयुक्त इजलासले आलमसहित ४ जनालाई राजापुर बम बिस्फोट मुद्दामा सफाइ दिएको थियो।

यो पनि पढ्नुहोस :-

अफताब आलमलाई सफाइ दिने न्यायाधीशमाथि मोसो प्रहार (हेर्नुस् भिडीयो सहित)

न्यायाधीश खुशीराम थारुमाथि कालोमोसो प्रहार गर्ने ३ जना पक्राउ

अपडेट : न्यायधीश थारुमाथि मसी छ्याप्ने नेकपा बहुमतका कार्यकर्ता पक्राउ


सम्बन्धित समाचार
भर्खरै