प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

३० जेठ, काठमाडौं । विगत साता १ दशमलव ९६ प्रतिशतले घटेको सेयर बजार यो साता ०.५६ प्रतिशतले वृद्धि भई २६५५ अंकमा स्थिर रहेको छ।

यो साता सेयर बजारमा लगानीकर्ताको आकर्षण हाइड्रोपावर समूहमा केन्द्रित भएको देखिएको छ, जसले ५ दशमलव ५३ प्रतिशतको प्रभावशाली वृद्धि हासिल गरेको छ। यो साता मूल्य धेरै बढेका शीर्ष १० कम्पनीमध्ये ९ वटा हाइड्रोपावर कम्पनीहरू रहेका छन्। यो साता पाँचै दिन कारोबार भएको थियो। आइतबार ११.०६ अंकले घटेको बजार सोमबार २३।१९ अंकले बढ्यो। मंगलबार २५।०७ अंकले बढेकोमा बुधबार १३।६९ र बिहीबार ९ दशमलव ०८ अंकले घट्यो। समग्रमा बजार गत साताको २६४० अंकबाट बढेर २६५५ अंकमा कायम भएको छ।

कारोबार रकममा वृद्धि

यो साता कारोबार रकममा पनि उल्लेखनीय वृद्धि देखिएको छ। आइतबार ९ अर्ब १३ करोड, सोमबार ८ अर्ब ६८ करोड, मंगलबार १० अर्ब १६ करोड, बुधबार ९ अर्ब ९० करोड तथा बिहीबार १२ अर्ब ५१ करोडको कारोबार भयो। बुधबारको कारोबार रकम गत फागुन २० यताकै उच्च हो। हाइड्रोपावर कम्पनीहरूको वित्तीय स्थिति अन्य कम्पनीको तुलनामा सुधारोन्मुख हुँदै गएको छ। बैंकको घट्दो ब्याजदरले आयोजनाको लागत घटिरहेको छ, जसले गर्दा वित्तीय विवरणमा सकारात्मक प्रभाव परेको छ। आय आम्दानीमा स्थिरताः वित्तीय क्षेत्रमा जस्तो आम्दानी असुली तथा बिजनेस घटबढको झन्झट हाइड्रोपावरमा छैन। उत्पादन भएको विद्युत् सम्झौताअनुसार नै बिक्री हुने र आम्दानी तत्कालै हुने भएकाले लगानीकर्तामा कमाइप्रति शंका रहँदैन।

कम जोखिमः

बैंक, विकास बैंक, फाइनान्स र माइक्रोफाइनान्सहरू कर्जा रिकभरीको दबाबमा रहेका बेला तथा उत्पादन, प्रशोधन, होटल र व्यापार कम्पनीहरूलाई बिक्री बढाउनुपर्ने चुनौती रहेको अवस्थामा हाइड्रोपावर कम्पनीहरू यी दुवै झन्झटबाट मुक्त छन्। उत्पादन भइसकेपछि पीपीए ९विद्युत् खरिद सम्झौता अनुसार ऊर्जा बिक्री भई मूल्य पाउने र असुलीमा कुनै समस्या नहुने भएकाले लगानीकर्ताका लागि यो क्षेत्र तुलनात्मक रूपमा सुरक्षित मानिएको छ।
वैदेशिक रोजगार र आयोजना प्रभावित स्थानीयका लागि हाइड्रोपावर कम्पनीहरूको आईपीओ (प्राथमिक सेयर) खुलिरहेकोले पनि यो क्षेत्रमा लगानीकर्ताको आकर्षण बढेको अनुमान गर्न सकिन्छ।

 

 


सम्बन्धित समाचार