१ असार, काठमाडौँ । गत जेठ २७ गतेदेखि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ । यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा पनि देखिएको छ, जहाँ आज सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज बजार खुल्दा सुन प्रति तोला ४०० रुपैयाँले वृद्धि भई १ लाख ९७ हजार ५०० रुपैयाँ कायम भएको छ । शुक्रबारको तुलनामा यो वृद्धि हो । यद्यपि, चाँदीको मूल्य भने स्थिर रहेको छ र आज प्रति तोला २ हजार १६५ रुपैयाँमा कारोबार भइरहेको छ ।
गत जेठ २७ गते एक तोला सुन १ लाख ९० हजार रुपैयाँमा कारोबार भएको थियो । त्यसयता सुनको मूल्यमा क्रमशः वृद्धि हुँदै आएको छ । जेठ २८ गते १ लाख ९१ हजार ३०० रुपैयाँ, जेठ २९ गते १ लाख ९२ हजार ९०० रुपैयाँ तथा जेठ ३० र ३१ गते प्रतितोला १ लाख ९७ हजार १०० रुपैयाँमा सुन खरिदबिक्री भएको थियो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाए अनुसार, आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन ३ हजार ४४८ अमेरिकी डलरमा कारोबार भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा भइरहेको यो वृद्धिले नेपाली बजारमा पनि आगामी दिनमा सुनको मूल्य थप बढ्न सक्ने संकेत देखिएको छ ।















