Logo

२ असार, काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, पाँच कारोबार दिनको वृद्धिपछि आज सुनको भाउ स्थिर रहेको छ।

आज सुन प्रतितोला रु. १ लाख ९७ हजार ५ सयमा कारोबार भइरहेको छ, जुन अघिल्लो दिनको मूल्यसँग समान हो।

यसअघि वैशाख ९ गते सुनको भाउ हालसम्मकै उच्च रु. १ लाख ९७ हजार ९ सय पुगेको थियो।

चाँदीको मूल्य पनि स्थिर रहेको छ। आज चाँदी प्रतितोला रु. २ हजार १६५ मा कारोबार भइरहेको छ।


सम्बन्धित समाचार
भर्खरै