Logo

२ असार,काठमाडौं । नेपालको जीवन बीमा क्षेत्रले चालु आर्थिक वर्ष २०८१÷८२ को पहिलो १० महिनामै (वैशाख मसान्तसम्म) १ खर्ब ४० अर्ब रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन गरी उत्साहजनक व्यावसायिक प्रगति हासिल गरेको छ ।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार, १४ वटा जीवन बीमा कम्पनी र ३ वटा लघु जीवन बीमा कम्पनीहरूले समग्रमा १ खर्ब ४० अर्ब ३५ करोड २ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । कुल संकलित बीमाशुल्कमा १४ वटा जीवन बीमा कम्पनीहरूको हिस्सा १ खर्ब ३९ अर्ब ३६ करोड ७६ लाख रुपैयाँ रहेको छ । यसमध्ये, वैदेशिक रोजगार बीमाबाहेकको प्रथम बीमाशुल्क २७ अर्ब ४५ करोड १२ लाख रुपैयाँ, वैदेशिक रोजगार बीमाशुल्क २ अर्ब ४८ करोड ४९ लाख रुपैयाँ र नवीकरणबापत १ खर्ब ९ अर्ब ४४ करोड ८० लाख रुपैयाँ संकलन भएको छ ।

लघु जीवन बीमा कम्पनीहरूको प्रदर्शनः
३ वटा लघु जीवन बीमा कम्पनीहरूले १० महिनाको अवधिमा कुल ९८ करोड २६ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन्। यसमा ५६ करोड ८१ लाख रुपैयाँ प्रथम बीमाशुल्क, ३९ करोड ७८ लाख रुपैयाँ वैदेशिक रोजगार बीमाशुल्क र १ करोड ६६ लाख रुपैयाँ नवीकरणबापतको बीमाशुल्क समावेश छ।
अग्रणी कम्पनीहरूः
बीमाशुल्क संकलनको आधारमा नेपाल लाइफ इन्सुरेन्स अग्रस्थानमा रहेको छ, जसले ३६ अर्ब ५९ करोड रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन गरेको छ। दोस्रो स्थानमा नेसनल लाइफ रहेको छ जसले १७ अर्ब २० करोड रुपैयाँभन्दा बढी बीमाशुल्क आर्जन गरेको छ। तेस्रोमा एलआईसी नेपालले १५ अर्ब ५७ करोड रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन गरेको प्राधिकरणको तथ्यांकले देखाउँछ।
बीमालेख बिक्रीमा पनि वृद्धिः
वैशाख महिनामा मात्रै १४ वटा जीवन बीमा कम्पनीहरूले १ खर्ब ६१ अर्ब ९५ करोड ५८ लाख रुपैयाँ बीमांक रकम बराबरका ४ लाख ९८ हजार ६३४ वटा बीमालेख बिक्री गरेका छन् । यस्तै, ३ वटा लघु जीवन बीमा कम्पनीहरूले वैशाखमा १७ अर्ब ४२ करोड ८९ लाख रुपैयाँ बीमांक रकम बराबरका ७ लाख ३६ हजार २५३ वटा बीमालेख जारी गरेका छन् । यी तथ्यांकहरूले नेपाली जनतामा बीमाप्रतिको सचेतना र आकर्षण बढ्दै गएको तथा बीमा क्षेत्रले अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पु¥याउँदै गएको स्पष्ट पारेको छ ।


सम्बन्धित समाचार
भर्खरै