Logo

२ असार, काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले आजदेखि रु। १० दरका नयाँ बैंक नोटहरू प्रचलनमा ल्याएको छ। बैंकले सार्वजनिक सूचना जारी गर्दै नयाँ नोटहरू आजैदेखि चलनचल्तीमा ल्याइएको जानकारी गराएको हो।

नयाँ नोटहरू साविककै आकार र रङमा रहेका छन्। यी नोटहरूमा संकेत नं। ०००००१ देखि ९९९९९९ सम्म रहनेछन्। नोटमा ूनेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ १० रुपैयाँ दश तुरुन्त पाइने छ।भन्ने प्रतिज्ञामूलक वाक्यांश समावेश गरिएको छ।

नयाँ नोटका विशेषताहरूस्

अग्र भाग: नोटको बायाँतर्फ सगरमाथाको चित्र रहेको छ भने दायाँतर्फ लालीगुराँसको पानीछाप रहेको छ। यसमा तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको दस्तखत रहेको छ। नोटको तल्लो भागको बोर्डरमा नेपालीमा वि.सं. २०८१ लेखिएको क्रम संख्या हुनेछ।

पृष्ठ भाग: नोटको मध्य भागको माथिल्लो खण्डमा अंग्रेजीमा “NEPAL RASHTRA BANK” लेखिएको हुनेछ। मध्य भागमा कृष्णसारको चित्र रहेको छ र तल्लो भागको बोर्डरमा अंग्रेजीमा “TEN RUPEES” लेखिएको हुनेछ। नोटको तल्लो भागको बोर्डरमा अंग्रेजीमा सन् २०२४ मा लेखिएको क्रम संख्या रहनेछ।


सम्बन्धित समाचार
भर्खरै