Logo

२ असार, काठमाडौं । सरकारले सुनचाँदी गहनामा २ प्रतिशत विलासिता कर लगाउने निर्णय गरेपछि विरोधमा उत्रिएका सुनचाँदी व्यवसायीहरूले आन्दोलनलाई निरन्तरता दिएका छन्।

नेपाल सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समितिको आयोजनामा व्यवसायीहरूले सोमबार काठमाडौंको न्युरोड क्षेत्रमा पसल बन्द गरी प्रदर्शन गरेका छन् । व्यवसायीहरूको भनाइमा सो कर अव्यवहारिक मात्र होइन, यसले व्यवसाय धराशायी बनाउने खतरा बोकेको छ।

उनीहरूले सरकारले उक्त कर फिर्ता नगरे ठूलो संघर्षका कार्यक्रम अघि बढाउने चेतावनी समेत दिएका छन्। सरकारले हालै प्रस्तुत गरेको बजेटमा सुनचाँदी गहनालाई विलासिता सामाग्री मानेर थप २ प्रतिशत करको व्यवस्था गरेको थियो।


सम्बन्धित समाचार
भर्खरै