Logo

२ असार, काठमाडौं । सञ्चारकर्मी दिलभूषण पाठकलाई तत्काल पक्राउ नगर्न उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश ऋषि राजभण्डारीको इजलासले पाठकलाई कानूनबमोजिमबाहेक अन्य अवस्थामा पक्राउ नगर्न आदेश दिएको हो।

नेपाल प्रहरीको साइबर ब्यूरोले ‘साइबर अपराध’ मुद्दामा पाठकलाई पक्राउ गरी अनुसन्धान गर्न जिल्ला अदालतबाट अनुमति लिएको थियो। सोहीविरुद्ध सञ्चारकर्मी पाठकले उच्च अदालत पाटनमा निवेदन दिएका थिए।

अन्तरिम आदेशबारे थप छलफलका लागि दुवै पक्षलाई असार ५ गते बोलाइएको अदालतले जनाएको छ।


सम्बन्धित समाचार