३ असार, काठमाडौं। आज नेपालको सेयर बजार परिसूचक नेप्सेमा ३.९० अंकको गिरावट आएको छ। नेप्से २६५४.७५ अंकमा झरेको छ। यस दिन कुल ७ अर्ब ६५ करोड रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ।
अघिल्लो कारोबार दिन सोमबारको तुलनामा नेप्से परिसूचक र कारोबार रकम दुवैमा कमी आएको छ। सोमबार नेप्से २.८० अंकले बढेको थियो भने १३ अर्ब १८ करोड रुपैयाँको कारोबार भएको थियो।
मंगलबारको कारोबारमा ९९ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १४८ वटाको घटेको छ। मूल्य बढ्ने कम्पनीहरूमा पियोर इनर्जी (९.९९%), बुटवल पावर कम्पनी (७.७३%), सामुदायिक लघुवित्त (७.१३%), अपर हेवाखोला हाइड्रो (५.२८%) र विन्ध्यवासिनी हाइड्रोपावर (५.१६%) रहेका छन्।
यता, गार्डियन माइक्रो लाइफ, नारायणी डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, क्रेस्ट माइक्रो लाइफ लगायतका कम्पनीहरूको सेयर मूल्य अधिकतम ४.६२% सम्मले घटेको छ।
कारोबार रकमका आधारमा आज सानिमा माई हाइड्रोपावर अग्रस्थानमा रहेको छ, जसको ७४ करोड रुपैयाँ बराबरको खरिदबिक्री भएको छ। त्यसैगरी, बुटवल पावर कम्पनीको ६० करोड, ङादी ग्रुप पावरको ४६ करोड र राधी विद्युत्को ३८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।
आज जलविद्युत्, माइक्रोफाइनान्स र व्यापारबाहेकका सबै उपसूचकहरू राताम्य भएका छन्।

















