Logo

५ फागुन, वीरगञ्ज । वीरगञ्जमा जारी पर्सा क्रिकेट लिग प्रतियोगितामा आज दुईवटा खेल सम्पन्न भएका छन् । नारायणी रंगशालामा जारी खेलमा वीरगञ्ज युथ र माउन्टेन हिल्स विजयी भएका हुन् ।

प्रतियोगितामा अन्र्तगत आज भएको दोस्रो खेलमा माउन्टेन हिल्सले जित हात पारेको छ । वीरगञ्ज क्रिकेटलाई १६ रनले पछि गर्दै माउन्टेनले जित हात पारेको हो । टस जितेर व्याटिङ गरेको माउन्टेनले १९।२ ओभर खेल्दै पूरै विकेट गुमाउँदै १ सय १७ रन बनायो ।

१ सय १८ रनको जवाफी व्याटिङ गरेको वीरगञ्ज क्रिकेट भने पूरै ओभर खेलेर ९ विकेटको क्षतिमा १ सय १ रनमै समेटियो । खेलमा किसान मण्डल म्यान अफ दि म्याच घोषित भए । त्यस्तै आजै सम्पन्न पहिलो खेलमा वीरगञ्ज युथ बिजयी भएको थियो ।

युनाईटेड क्रिकेटलाई ५ विकेटले पराजित गर्दै वीरगञ्ज युथ विजयी भएको हो । टस जितेर व्याटिङ गरेको युनाईटेड क्रिकेटले पूरै ओभर खेलेर ७ विकेटको क्षतिमा ९७ रन बनाएको थियो ।

९८ रनको लक्ष्य लिई दोस्रो ईनिङमा व्याटिङ गरेको वीरगञ्ज युथले १५.५ ओभर खेलेर ५ विकेटको क्षतिमै भेट्टाएको हो । खेलमा अशव हुसेन म्यान अफ दि म्याच भएका पर्सा क्रिकेट संघको उपाध्यक्ष मुर्तुजा अन्सारीले जानकारी दिनुभयो ।


सम्बन्धित समाचार