८ असार, काठमाडौं । आज आइतबार नेपाली बजारमा सुनको मूल्य तोलामा ५०० रुपैयाँले वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, शुक्रबार तोलामा १ लाख ९४ हजार ७०० मा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा १ लाख ९५ हजार २०० पुगेको छ। त्यसैगरी, आज छापावाल सुन प्रति १० ग्रामको मूल्य १ लाख ६७ हजार ३५५ रुपैंया निर्धारण गरिएको छ।
चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ। शुक्रबार तोलामा २ हजार १५० रहेको चाँदीको मूल्य आज तोलामा २ हजार १६० पुगेको महासंघले जनाएको छ।















