Logo

१० असार, काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको भाउमा उल्लेख्य गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुनको मूल्य तोलामा १,७०० रुपैंयाले घटेको हो। आजका लागि सुनको मूल्य प्रति तोला १ लाख ९३ हजार ५०० कायम भएको छ। सोमबार सुन प्रति तोला १ लाख ९५ हजार २०० मा कारोबार भएको थियो, जुन आज घटेर १ लाख ९३ हजार ५०० मा झरेको हो।

यसैगरी, चाँदीको मूल्यमा पनि गिरावट आएको छ। आज चाँदी प्रतितोला १० ले घटेर २,१६० मा कारोबार भइरहेको महासंघले जनाएको छ। सोमबार चाँदी प्रति तोला २,१७० मा किनबेच भएको थियो।


सम्बन्धित समाचार
भर्खरै