११ असार, काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा गिरावट आउने क्रम जारी छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्यमा प्रतितोला एक हजार पाँच सय रुपैयाँको कमी आएको छ।
आज छापावाल सुनको मूल्य तोलामा १ लाख ९२ हजार २०० रुपैयाँ कायम भएको छ। हिजो मंगलबार सुनको मूल्य १ हजार ७ सय रुपैयाँले घटेर १ लाख ९३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। गत बिहीबार र शुक्रबार पनि सुनको मूल्य घटेको थियो भने आइतबार प्रतितोला ५ सय रुपैयाँले बढेको थियो। स्मरण रहोस्, गत वैशाख ९ गते सुनको मूल्य हालसम्मकै उच्च बिन्दु १ लाख ९७ हजार ९ सय रुपैयाँ पुगेको थियो।
सुनसँगै चाँदीको मूल्यमा पनि आज गिरावट आएको छ। चाँदीको मूल्य आज तोलामा २० रुपैयाँले घटेर २ हजार १४० रुपैयाँ निर्धारण भएको महासंघले जनाएको छ।















