Logo

२४ असार काठमाडौं । भीषण वर्षासँगै आएको बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगाएको छ। यससँगै रसुवागढी नाका पूर्ण रूपमा अवरुद्ध भएको छ। रसुवाका प्रमुख जिल्ला अधिकारी (सिडीओ) अर्जुन पौडेलले सोमबार राति आएको बाढीले पुल बगाएको पुष्टि गरे । प्रजिअ पौडेलका अनुसार, भन्सारको (ड्राइपोर्ट यार्ड) मा रहेका १०० देखि १५० वटा गाडीमध्ये अधिकांश बाढीले बगाएको प्रारम्भिक जानकारी आएको छ। यसबाट ठूलो आर्थिक क्षति भएको अनुमान गरिएको छ।

यसका साथै, ड्राइपोर्टमा काम गर्ने केही ड्राइभर र मजदुरहरूलाई पनि बाढीले बगाएको हुन सक्ने जानकारी आएको भए पनि, हालसम्म यसको पुष्टि हुन सकेको छैन। प्रजिअ पौडेलले समग्रमा क्षति ठूलो भएको बताउँदै, घटनास्थलमा पुगेर क्षतिको थप विवरण र सूचना संकलन गर्ने काम भइरहेको जानकारी दिए ।

यस घटनाले नेपाल र चीनबीचको व्यापारिक मार्गमा ठूलो असर पुग्ने देखिएको छ। पुलको पुनर्निर्माण र नाका सञ्चालनमा आउन केही समय लाग्ने अनुमान गरिएको छ।


सम्बन्धित समाचार
भर्खरै